सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : सरकारले राहदानी, नोट, जग्गाधनी प्रमाण पूर्जा र हुलाक टिकट नेपालमै छाप्ने नीति ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।
‘आगामी दुई वर्षभित्र देशभित्रै सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बैंक नोट, अन्तस्शुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्त्वका कागजातहरूको सुरक्षण मुद्रण गरिनेछ।’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ।
हुलाकसेवालाई पुनर्संरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक बनाइने पनि बताइएको छ ।
सरकाले ‘छायाङ्कनका लागि नेपाल’ कार्यक्रम सञ्चालन गरी सिनेमा पर्यटनको प्रवर्द्धन गरिने जनाएको। सिनेमा छायाङ्कन गर्न नेपाल आउने विदेशीको लागि आवश्यक सम्पूर्ण सेवा एकद्वार प्रणालीमार्फत् उपलब्ध हुने सरकारले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा