सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २० । सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। व्यवस्थापिका संसद््को बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
संसद सचिवालयको कार्यतालिकाअनुसार बिहीबार दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने समय तोकिएको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुहुनेछ ।
यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ। नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ। बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको छ।
नीति तथा कार्यक्रम पेस भएपछि छलफल हुनेछ। छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ।
संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम प्रस्तुतिबारे ‘रिहर्सल’ गर्ने जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा