• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रेशम चौधरीलगायत सबै राजबन्दीलाई रिहा गर्नुपर्छ : बाबुराम भट्टराई

      भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

      सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

      निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

      आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत

      महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

      निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

      पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

      एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

      भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

      कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

      काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

      तोलामा १ हजारले घट्यो सुनको भाउ

      ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

      सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    होमपेज /  मुख्य समाचार

    बालुवाटारको हाम्रो जग्गा अधिग्रहण हैन पञ्चायती सरकारले जबरजस्ती खोसेको हो : राणा परिवार

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १९, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं– बहुचर्चित ललिता निवास जग्गा प्रकरण नयाँ मोडमा पुगेको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा जालसाजी गरी व्यक्तिको नाममा लालपुर्जा निकालेको भन्दै सञ्चार माध्यमरुले प्राथमिकताका साथ समाचार प्रकाशन, प्रसारण गरिरहेको बेला सुरुको जग्गाधनी सुवर्ण शम्सेरको परिवारले उक्त जग्गा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको नभई तत्कालीन पञ्चायती सरकारले जबरजस्ती खोसेको र २०४६ सालपछिको प्रजातान्त्रिक सरकारले आफूहरुलाई फिर्ता गरेको बताएका छन् ।

    सुवर्ण शम्सेरको परिवारले बिहीबार एक राष्ट्रिय दैनिकमा विज्ञप्ति प्रकाशित गरी उक्त जग्गाबारेको यथार्थ विवरण बाहिर ल्याएका हुन् । सुवर्ण शम्सेरका छोराहरु रुक्म शम्सेर, हेमाद्री शम्शेर र हाटक शम्सेर राणाले जारी गरेको १७ बुँदे विज्ञप्तिमा ललिता निवासको जग्गा पञ्चायती सरकारले मुआब्जा दिई अधिग्रहण गरेको नभई जफत गरेको दाबी गरिएको छ ।

    जफत गरिएकोमध्ये हदबन्दी अनुसारको जग्गा २०४६ सालपछिको सरकारले आफूहरुलाई फिर्ता गरेको उनीहरुले बताएका छन् । उनीहरुले सुवर्ण शम्सेरको परिवारलाई जग्गा अधिग्रहणबापत मुआब्जा दिएको प्रमाण देखाउन पनि चुनौती दिएका छन् ।

    उनीहरुका अनुसार २०१७ सालमा प्रजातन्त्र अपहरण गरेपछि तत्कालीन सरकारले सुवर्णशम्सेर र कञ्चन शम्सेर राजनीतिक कारणले निर्वासनमा मुलुकबाहिर थिए । त्यही बेला सरकारले नेपाल फर्केर नआए सम्पत्ति जफत हुने भनी २०१८ फागुन २९ र चैत १० गते राजपत्रमा सूचना प्रकाशित गरी उनीहरुलाई चेतावनी दिएको थियो । तैपनि उनीहरु फर्केर नआएपछि सोही वर्ष चैत १९ गते सबै बडा हाकिम र मजिस्ट्रेटहरुलाई उक्त सम्पत्ति जफत गर्न सरकारले पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ । सम्पत्ति जफत गरेको तीन महिनापछि २०१९ असार २२ गते अदालतबाट समेत फैसला गराई सुवर्ण शम्सेर र उनका बाबु कञ्चन शम्सेरलाई सर्वस्व सहित जन्मकैदको सजाय तोकी ललिता निवासको जग्गा जफत गरी समरजंग कम्पनीलाई रेखदेखको जिम्मा लगाएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा ‘२०१८ सालमा जफत गरी रोक्का राखिएको सुवर्ण र कञ्चन शम्सेरको सम्पत्ति २०२१ सालमा अधिग्रहण गर्नुपर्ने आवश्यकता किन पर्यो’ भनेर प्रश्न उठाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसको जवाफ राज्यले हामीलाई दिनु नपर्ने हो र ? कि त राज्यले २०१८ सालमा जफत भएको सम्पत्ति २०२१ सालमा अधिग्रहण गर्नुभन्दा पहिला फुकुवा भइसकेको भनी देखाई अनिमात्र अधिग्रहण गरेको भनी प्रमाणित गर्नुपर्ने होइन र ?’

    सोही जग्गा २०४७ जेठ १४, जेठ १७ र भदौ ४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आफूहरुले फिर्ता पाएको उनीहरुले बताएका छन् । जग्गा फिर्ता दिने मन्त्रिपरिषद्को उक्त निर्णयलाई गैरकानुनी भन्दै अख्तियारमा उजुरी परेको र अख्तियारले छानबिन तथा अन्तिम निर्णय गरी मुद्दा तामेलीमा राखेको पनि विज्ञप्तिमा उल्लेख छ । आफूहरुले फिर्ता पाएको पुख्र्यौली जग्गा बिक्री गरेपछि पनि भूमाफियाले जग्गा सरकारी जग्गा बेचेर खाए भनी अख्तियारमा उजुरी परेको र अख्तियारले छानबिन गरी केही कित्ता हाल साबिकका क्रममा सार्वजनिक र सरकारी कायम भएको भन्दै ती कित्ताहरुको दर्ता बदर गर्न २०६४ जेठ २० गते निर्णय गरेको उनीहरुले बताएका छन् । अख्तियारको निर्णयविरुद्ध जग्गाधनीहरुले दायर गरेको रिटमा सवोच्च अदालतले अख्तियारको निर्णयलाई गैरकानुनी करार गर्दै जग्गा दर्ता बदर गर्नु नपर्ने फैसला सुनाएको विज्ञप्तिमा भनिएको छ ।

    सोही जग्गाका विषयमा केही व्यक्तिले गृह मन्त्रालयमा उजुरी दिएपछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र मन्त्रिपरिषद्ले गृहको प्रस्ताव बमोजिम २०७५ असार १५ गते गठन गरेको हो । छानबिन समितिले सुवर्ण र कञ्चन शम्सेरको परिवारसँग बुझ्दै नबुझी एकलौटी रुपमा प्रतिवेदन दिएर आफूहरुको मानमर्दन गरेको राणा परिवारको गुनासो छ ।

    उक्त जग्गाका विषयमा अख्तियार र अदालतबाट भएका फैसलाबारे केही उल्लेख नगरी प्रतिवेदन तयार गर्नुलाई उनीहरुले राजनीतिक पूर्वाग्रहको परिणाम भनेका छन् । छानबिन समितिले अख्तियारको २०६० असार १८ गते र २०६४ जेठ २० को निर्णय तथा सर्वोच्च अदालतको २०६४ फागुन ३० गते तथा काठमाडौं जिल्ला अदालतको २०७५ वैशाख १९ गतेको फैसला जस्ता कागजी प्रमाणको बेवास्ता गर्दै प्रतिवेदन तयार गरेको विज्ञप्तिमा उल्लेख छ ।
    अख्तियार, सर्वोच्च अदालत जस्ता संवैधानिक निकायबाट अन्तिम निर्णय र तामेली भइसकेको विषयलाई सञ्चार माध्यमले अर्कै रुपले बाहिर ल्याउँदा मुलुकका लागि ऐतिहासिक योगदान गरेको सुवर्ण शम्सेरको परिवार अनावश्यक पीडा र तनाव झेल्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    आज देशभरका अदालतमा शोक बिदा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशम चौधरीलगायत सबै राजबन्दीलाई रिहा गर्नुपर्छ : बाबुराम भट्टराई

    भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    आज देशभरका अदालतमा शोक बिदा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    रेशम चौधरीलगायत सबै राजबन्दीलाई रिहा गर्नुपर्छ : बाबुराम भट्टराई

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    सेयर बजारमा उछाल आउँदा चीनमा २५० नयाँ अर्बपति थपिए

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑