सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गलेश्वर, बैशाख १८ । अन्तर्राष्ट्रिय मजदूर दिवसका दिनमा पनि सडक निमार्णको काम गरिरहेका बेला एक मजदूरको मृत्यु भएको छ । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि र्यालीसहित विभिन्न कार्यक्रम र चहलपहल मच्याई रहेका बेला म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका मजदूरको मृत्यु भएको छ।
उक्त घटनामा परि मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्धाराका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ । – रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा