सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / लम्की, बैशाख १७ । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान ना ५ ख ९२३३ नम्बरको ट्रकले साइकल यात्री १९ बर्षिय सुनिता रावललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको हो । ट्रकले किशोरीलाई अगाडी ठक्कर दिई सकेपछि केही सडकमा लडेको अवस्थामा पछाडिको पाङ्ग्राले कुल्चिएर मारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।
यस घटनाका सम्बन्धमा प्रहरीले केही जानकारी दिएको छैन । सेतोखबर संवाददाता अलिसा पन्तका अनुसार अहिले लम्किको अवस्था तनावग्रस्त छ। लम्की प्रहरी र स्थानीय बासिन्दाको बाक्लो भिडभाड र ढुङ्गामुढालाई नियन्त्रण गर्न तर्फ लागेको छ । ट्रकचालकलाई कडा कारबाही गर्नु पर्ने भन्दै स्थानीयहरु आक्रोशित बनेका छन ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख एवं इन्स्पेक्टर सुरेन्द्र जोशि अहिले तालिममा भएका कारण ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिव बहादुर सिंहको नेतृत्वमा प्रहरी टोलि लम्की गएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा