सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकाले ठुलो कदम उठाउदै अनुहार ढाक्ने हरेक चिज जस्तै बुर्का र नकाबमाथि प्रतिबन्ध लगाएको छ । रिपोर्ट अनुसार, यो निर्णय राष्ट्रपति सिरिसेनाले लिएका हुन् । साथै उनले सरकारले लिएको यो निर्णयको जानकारी आफनो ट्विटर मार्फत पनि दिएका छन् ।
यहाँ २१ अप्रिलमा ईस्टर सन्डेको दिन भएको आत्माघाती आक्रमण र सिलसिलेवार बम आक्रमणमा करिब २५३ मानिसहरुको मुत्यु भएको थियो भने ५०० जना भन्दा बढि घाइते भएका थिए् । जाँचमा आक्रमणमा एक महिलाको पनि हात रहेको पुष्टि भएको छ । ती महिलाले बुर्का लगाएकी थिइन । त्यसपछि देखी नै यहाँ बुर्कामा प्रतिबन्ध लगाउने कुरा चलिरहेको छ ।
श्रीलंकाली सरकारका अनुसार, मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै अनुहार ढाक्ने हरेक पहिरनलाई आजबाट प्रतिबन्ध लगाइएको हो । श्रीलंका सरकारले अनुहार ढाक्ने हरेक कपडा माथि प्रतिबन्धको निर्णय यहाँका एक सांसदद्धारा त्यहाँको संसदमा पेश गरेको विद्येयकपछि लिइएको हो । सांसद आशु मरासिंघेले भनेका थिए कि परिधान पारम्परिक मुस्लिम पोशाक थिएन ।
यहाँ २१ अप्रिलमा बम आक्रमणमा चर्च र पाँच तारे होटललाई निशाना बनाइएको थियो । यी मध्ये अधिकांश आत्मघाती आक्रमण थिए । यी आक्रमणको जिम्मेदारी वैश्विक आतंकी संगठन इस्लामिक स्टेटले लिएको थियो । त्यसपछि यहाँ सरकारले आतंकलाई निर्मुल गर्नको लागी कैयौ ठुला कदम उठाउने योजना बनायो ।
यो भन्दा पहिला अरु कहाँ लाग्यो प्रतिबन्ध ?
श्रीलंकाभन्दा पहिला चाड, क्यामरुन, गाबोन, मोरक्को, अष्ट्रिया, बुल्गेरिया, डनमार्क, फ्राँन्स, बेल्जियम र उत्तर पश्चिम चिनको मुस्लिम बहुल प्रान्त शिनजियांगमा बुर्का लगाउन प्रतिबन्ध लगाइसकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा