सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा, बैशाख १६ । ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’
घर छाडेकाे केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएकाे भनेपछि आफू माओवादी छाडेर भागेकाे बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दु:ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनकाे दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेकाे छैनन् । यो समाचार आजको नागरिकले छापेको छ ।
माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएकाे दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनकाे लडाइँमा परेर मृत्यु भइसकेकाे अन्दाज पनि लगाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा