सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिल्लि क्यापिटल्सले आफनो घरेलु मैदान फिरोजशाह कोटला मैदानमा आरसीबीलाई हराउदै आइपीएलको १२ औ सीजनको प्लेअफको लागी क्वालीफाई भएको छ । दिल्लिले आइपीएल २०१९ को ४६ औ म्याचमा बैंगलोरलाई १६ रनले हराएको छ । २०१२ पछि यस्तो पहिलो पटक भएको छ जब दिल्लिको टिम आइपीएलको प्लेअफ म्याच खेल्नेछ । यहाँसम्म कि जारी समयमा दिल्लि क्यापिटल्स आइपीएल २०१९ को प्वाइंट्स टेबलमा टपमा पुगेको छ ।
आइपीएल २०१९ भन्दा पहिला दिल्लि डेयरडेविल्सले आफनो नाम बदलेर दिल्लि क्यापिटल राखेको थियो । नयाँ नाम, नयाँ खेलाडी र नयाँ सीजनमा नयाँ जर्सिसँगै मैदानमा उत्रिएको दल्लि क्यापिटल्सले आइपीएल २०१९ मा तीन पटकको च्यापियन मुबई इन्डियनलाई हराउदै राम्रो शुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिङमा उत्रेको दिल्लिले निर्धारित २० ओभरमा ५ विकेटको नोकसानीमा १८७ रन बनायो । जबाफमा बैगलोरले ७ विकेट गुमाउदै १७१ रन मात्रै बनाउ सक्यो र म्याच हार्यो । आजको खेलमा शिखर धवनलाई म्याच अफ द म्याच चुनियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा