सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १५ । संगीतकार बिजु बज्रको निधन भएको छ । ब्रजको आइतबार काठमाण्डौको सिभिल हस्पिटलमा हृदयाघातबाट निधन भएको हो ।
बिहान साढे एघार बजेतिर स्वास्थ्यमा समस्या देखीए पछि सिभिल हस्पिटल पुर्याइएको ब्रजको साढे बाह्र बजे अस्पतालले मृत घोषित गरेको हो ।
बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र उनको भोलि नै अन्त्येष्टि गरिने जनाइएको छ ।
उनले मै ठुली भैुछु रे, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, विस्तारै छायो आँखामा अँध्यारो लगायत चर्चित गितहरुमा संगीत दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा