• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

      आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

      प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

      काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

      नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

      हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

      रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित

      आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

      झापामा पहिलो रबर उद्योग स्थापना

      अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

      पिएसएल खेल्न पाकिस्तान गए सन्दीप

      आफ्नै गाउँमा बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

      निगमको साखलाई अझ उँचो बनाउँदै यादव

    होमपेज /  सूचना-प्रबिधि

    नेपालीस्याट–१: डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १०, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सुभानु आचार्य /ललितपुर, बैशाख १० । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    ‘उक्त भूउपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तरराष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’, उनले भने, ‘नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रुपमा यस भूउपग्रहले अबको करीब डेढ महिनापछि स्वतन्त्र रुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।’

    वैशाख ४ मा अमेरिकाको भर्जीनियास्थित वाल्ओप्सदीप नाशाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि एनजी ११ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ( वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे) प्रक्षेपण भएको थियो । सो भूउपग्रहको आकार (१० सेमी गुणा १० सेमी गुणा १० सेमी) रहनाका साथै तौल (१.५ किग्रा) छ । भूउपग्रहका नाम नेपालको नेपालीस्याट–१, श्रीलङ्काको रावन–१ र जापानको यूवुसु राखिएका छन् ।

    सो भूउपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् । नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो । जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भूउपग्रह निर्माणका लागि नमूना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ ।

    नेपाल सरकारले नेपालमा सन् २०१७ देखि उक्त कार्यक्रमको शुरुआत गरेको हो । नेपालले भूउपग्रह निर्माणको काम गर्न सक्दैन भन्ने बुझाइ चिर्दै सकारात्मक सन्देश छाड्न सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । ‘वास्तवमा भूउपग्रहले सबै काम गर्छ तर यो न्यानो स्याटलाइटले वातावरण परिवर्तन, शहरी क्षेत्र व्यवस्थापन, जनशक्ति निर्माण, शैक्षिक अध्ययन तथा अनुसन्धानमा जोड पु¥याउने छ’, ढुङ्गेलले भने, ‘संयुक्त राष्ट्र सङ्घले भूउपग्रह निर्माणका लागि नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई छात्रवृत्तिसहितको विभिन्न व्यवस्थापनमा सहयोग गरेर नेपाल विकासमा ठूलो टेवा पु¥याएको छ ।’

    नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्न सक्नेछ । सो भूउपग्रहले एक पटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टको ग्राउण्ड स्टेशनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ । सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ ।

    हालै प्रक्षेपित भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामरा जडान गरी दुईतर्फी सञ्चार गर्नका लागि लामो दूरीको तार जडान भएको नाष्ट प्रवद्र्धन महाशाखा प्रमुख रमिला रावतले जानकारी दिए । ‘भूउपग्रहमा विद्युतीय प्रवाहको मार्ग निर्माणका लागि गम टाँस्ने परीक्षणको योजना अघि बढाएका छौँ’, रावतले भने, ‘यसमा छ वटा ब्याट्री जडान गरी अनुसन्धानात्मक भूउपग्रह निर्माण गर्न सफल भइएको छ ।’ विश्वमा लगभग ४० हजार न्यानो भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने वैज्ञानिकले बताउँदै आएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सामाजिक सञ्जालको विकृतिविरूद्ध कठोर बन्दै सरकार, निर्देशिका ल्याउने तयारीमा

    अमेजनको सिइओबाट हट्दै बेजोस, एन्डी जेस्सीलाई जिम्मेवारी सुम्पिने तयारी

    वाग्मतीमा स्थानीय तहका लागि कर्मचारी माग

    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

    आरटिजिएस प्रणालीमार्फत मासिक १३ खर्बको कारोबार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

    आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

    प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

    काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

    नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑