सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख । बझाङ जिल्लाको सबैभन्दा ठूलो धार्मिक एवम ऐतिहासीक मेला बान्नीकी चैतली सम्पन्न भएको छ । सुदूर पश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा हजारौं दर्शनार्थीहरुले मष्टा देवताको दर्शन गरेका छन् ।
परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भइ महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको गरेको छबिसपाथीभेरे गाँउपालीकाका बिरबहादुर बोहशराले बताए ।
सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने ठाँउमा हिँडाउने गरिन्छ ।
यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्मादेबिले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन रहेको छ ।
चैतली मेला हेर्नकै लागि भनेर सुदूरपश्चिमका साथै भारतबाट समेत मानिसहरु मेलामा पुग्ने गरेको छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा