• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

      २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

      ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

      गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

      ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

      नेपाल टेलिकमको नगद लाभांश घोषणा

      पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

      ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

      बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

      महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

      ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

      विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

      संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

      राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग गुनासो: गाउँपालिकाले चार महिनासम्म भत्ता दिएन

      रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    होमपेज /  आर्थिक

    राष्ट्रिय गौरवका यी आयोजना , जसले यसरी ल्याउँदैछ समृद्धिको अभियान

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ५, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रमेश लम्साल र सिबी अधिकारी/ काठमाडौँ, बैशाख ५ ।  सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् ।

    मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् । यिनले जनतामा लोकतन्त्रप्रतिको आस्थालाई मजबुत बनाउन सहयोग मात्रै गर्दैनन्, आशा र विश्वासको सञ्चार पनि गर्छन् ।

    आर्थिक विकासका लागि रणनीतिक महत्वका ठूला भौतिक पूर्वाधारका आयोजनाको पछिल्लो प्रगतिले देशमा केही नयाँ हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । नयाँ वर्ष लागेलगत्तै राष्ट्रिय महत्वकोे आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३ गते सो आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको घोषणा गरे ।

    यस्तै बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको जानकारी आएको छ । लामो समयसम्म विवादमा फसेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणका दुई रुग्ण आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने चरणमा पुगेका छन् ।

    पछिल्लो पटक सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिएका कारण आयोजना एकपछि अर्को गर्दै सम्पन्न हुने चरणमा पुगेका हुन् । यस्तै हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको पनि निर्माण प्रक्रियाले गति लिएको छ । सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

    यस्तै पहाडी क्षेत्रमा सुगम यातायाताका लागि निर्माण शुरु भएको मध्यपहाडी राजमार्ग निर्माणले समेत गति लिएको छ । राजनीतिक प्रतिबद्धता, सरकारी निकायको प्रभावकारी परिचालन तथा निर्माण व्यवसायीले इमान्दार भएर काम गरेको खण्डमा एकाध वर्षमा नै भौतिक निर्माणका क्षेत्रमा ठूलो प्रगति हासिल हुन सक्छ भन्ने सन्देश केही ठूला आयोजनाले दिएका छन् । नेपालको विकासप्रतिको तीव्र चाहनालाई केही आयोजनाले सम्बोधन नगरे पनि देश बन्दैछ र केही नयाँ हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको छ ।

    बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६८÷६९ देखि शुरु भएको भेरी–बबई डाइभर्सन आयोजनाको प्रमुख कार्य मानिएको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलव २१० किलोमिटर लामो सुरुङ एक वर्षअगावै सम्पन्न भएको हो । आयोजनाको निकट भविष्यमा नै बाँध तथा विद्युत्गृह निर्माण शुरु गर्ने तयारी गरिएको छ ।

    आयोजनाबाट कूल ४८ मेगावाट विद्युत्समेत उत्पादन हुनेछ । सो आयोजनाको प्रगतिले प्रधानमन्त्रीलाई समेत हर्षित बनाएको छ । प्रधानमन्त्रीकै भनाइमा “अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । भौगोलिक बनावटको निकै चुनौती रहेको आयोजनाको काम समयसीमाभन्दा अगावै सकिनु खुशीको विषय हो ।”

    नियमित रुपमा ‘ब्लास्ट एण्ड ड्रिलिङ’ प्रविधिभन्दा टनेल बोरिङ मेशिनको प्रयोग गरेर डेढ वर्षमा नै सुरुङ निर्माण गरिएको आयोजना नै भेरी बबई आयोजना भएको छ ।

    यस्तै देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको प्रमुख काम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का आयोजना निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको असाध्यै महत्वपूर्ण मानिएको काम सम्पन्न भएको छ ।

    विमानस्थलको पार्किङ र एप्रोनको काम धमाधम भइरहेको छ । आगामी १५ दिनमा सो काम सकिने अधिकारीको भनाइ छ । लक्ष्यभन्दा अगावै निर्माण सम्पन्न हुने पहिलो आयोजनाका रुपमा पोखरा विमानस्थल देखिएको छ । आगामी डेढ वर्षभित्र सबै काम सकिने र व्यावसायिक उडानका लागि तयार हुने सो आयोजनाको प्रगतिले पनि प्राधिकरणलाई हौस्याएको छ ।

    आयोजना निर्देशक अधिकारी भन्छन्, “पूर्ण क्षमतामा काम भएको छ । निर्माणको हिसाबले ५० प्रतिशत काम सम्पन्न भएको छ । हामी असाध्यै उत्साहित छौँ ।” कूल रु २२ अर्ब लागतको सो विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा आउन सके त्यो नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महत्वपूर्ण हिस्सा हुनेछ । चिनियाँ ठेकदार कम्पनी सिएमसीले ‘इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन (इपिसिएफ)’ ढाँचामा निर्माण गरिरहेको आयोजना समयअगावै सम्पन्न हुने सङ्केत गरेको छ ।

    यस्तै शान्तिका दूत गौतमबुद्धको जन्मस्थलमा नै निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि युद्धस्तरमा भइरहेको छ । आगामी १५ दिनभित्र तीन हजार मिटर लामो धावनमार्गको चोथो चरणको कालोपत्र निर्माण सम्पन्न हुनेछ । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार हाल विमानस्थलको धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, पानी ट्याङ्की, कन्ट्रोल टावरलगायत काम धमाधाम भइरहेको छ ।

    यस्तै टर्मिनल भवनको छाना हाल्न बाँकी छ । टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवन निर्माण अन्तिम चरणमा छ । विद्युत् जडान र अन्य काम पनि सँगसँगै भइरहेको छ । सो विमानस्थल सबैभन्दा पहिला निर्माण सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा चित्रित हुन लागेको छ ।

    यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी आयोजनाको निर्माणसमेत ९८ प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको काम सम्पन्न गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोजनाले कार्यतालिका नै बनाएर काम गरिरहेका छन् । ऊर्जामन्त्री वर्षमान पुनका अनुसार आयोजनालाई सकेसम्म आगामी चैतभित्र सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

    त्यस्तै प्राधिकरणको रुग्ण आयोजनाका रुपमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने चरणमा पुगेका छन् । यी र यस्ता उदाहरणले देशमा केही भइरहेको छ र केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

    संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑