सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / बैशाख ५ – अछाममा बुधबार दिउँसो चट्याङ पर्दा एक युवतीको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झडीगाउ बस्ने १८ बर्षिय हिउकला बोहराको मृत्यु भएको हो ।
दिउसोको समयमा मेलापात गर्न गाउँ नजिकै रहेको जंगलमा गएका बेला पानी परेपछि रुखमुनी बसेका क्रममा रुखमा परेको चट्याङ लागेको उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक युवती अध्ययनरत थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा