सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ३ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा शुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमका बिच होटल सोल्टीमा आइम्याक्स प्रोडक्सनले औपचारिक रुपमा ल्याएको जानकारी दिइएको हो ।
आइमेक्स पोडक्सन तथा इन्डिमोल साइनको संयुत्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो भएको दावी आयोजकले गरेको छ ।
आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुने उक्त सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको आयोजकले बताएको छ ।
नेपालको इतिहासमा यो टेलिभिजनको सबैभन्दा ठूला पहिलो रियालिटी सो भएकोले यस सो मार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्ने लक्ष्य पुरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनमा मद्यत पुर्याउने विश्वास आयोजकले गरेको छ ।
नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ औ देशको रुपमा नेपालमा प्रवेश गरेको हो । देश अनुसार फरक फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण हुनेछ भने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ ।
कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा