सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, बैशाख २ । बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेडेका छन् । भक्तपुरको प्रसिद्ध जात्रा विस्का जात्रा अन्तर्गत मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष पनि स्थानीय ४७ वर्षका बुद्धकृष्णले ७ औ पटक जिब्रो छेडेका हुन् । एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि उनले आज दिउँसो जिब्रो छेडेका हुन् ।
यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उहाँकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नु भयो भने २०७४ र २०७५ मा पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष पनि जिब्रो छेडेका हुन् ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते मध्याह्नमा कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा