सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशका साथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । विहिवार एक कार्यक्रमका बिच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले ‘धनवृष्टि’ योजना सार्वजनिक गरेका हुन् ।
१३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । कम्पनिले न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिनेछ । यो योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुनेछ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जानेछ ।
बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिनेछ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धन फिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
न्युन बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् ७५ लाख सम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानी पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।
योजना सार्वजनिक गर्दे कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बीमितले यस बीमा योजना मार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अतिउत्तम हुने बताए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत श्री अभिजित घोष दस्तिदारले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारेका थिए । दस्तिदारले ‘धनवृष्टि’ योजनामा बीमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बीमा शुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ लिन आग्रह गरे ।
यसअघि भ्यालेनटाइन डे को अवसर पारेर कम्पनिले “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक विमा योजना सार्वजनिक गरेको थियो जसको अपार सफलतापछि कम्पनिले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘धनवृष्टि’ विमा योजना सार्वजनिक गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा