सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत २८। नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो ।
आयोजकले b-8 ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रमको संयोजक राजिब लामाले बताए । नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।
भिडीयो हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा