सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिया, चैत २६। प्रहरीले करिब १२ लाख रुपैयाँ बराबरको १ सय ४० बोरा मेघाश्री गुट्का सहित गाडी चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली लम्कीचुवा नगरपालिका-१ बस्ने २३ वर्षीय रमेश चौधरी रहेका छन्।
बाँसगढी नगरपालिका-५ स्थित सडकबाट भे.१ च ३०६२ नम्बरको बलेरो जिपमा राजश्व छली गुट्काल्याईएको थियो।
ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले उक्त गुट्का बरामद गरेको थियो। गुट्का सहित गाडी चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँके पठाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा