सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २६ । अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रले रिभर्ज फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।
लिबियाको अवस्था एक्कासी बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले पुष्टि गरेकी छिन् ।
राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिएका पनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ । यो समाचार आजकाे नागरिक दैनिकमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा