सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत २२ ।नेपाली सेनाले उपरथी गौरव तण्डुललाई रथी बढुवाका लागि सिफारिस गरेको छ। बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षता बसेको बोर्ड बैठकले बरियताका आधारमा तण्डुललाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो।
उक्त सिफारिसलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सदर गरिसकेका छन्। बलाधिकृत रथी हेमन्तराज कुँवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले उनको ठाउँमा रथी बढुवाको सिफारिस गरिएको हो।
सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ । अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुँवर यही चैत २८ मा विदामा बस्ने तयारीमा छन्।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा