सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २२ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा आजदेखि पुनः सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको थियो।
लगातार प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिएको हो।
प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा आज भइरहेको छ भने सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुनेछ।
अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा