सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २०। बारा र पर्सामा आईतबार साँझ एक्कासी आएको हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाल अस्पताल पुग्नु भएको छ । पूर्व प्रधानमन्त्री पार्टी नेकपाका वरिष्ठ नेता नेपाल राहत सामाग्री सहित हावाहुरी प्रभावित क्षेत्र पुग्नु भएको हो ।
पूर्वनिर्धारित तालिका अनुसार गृह जिल्ला पगेका प्रधानमन्त्री केपी शर्मा ओलीले झापाका सम्पुर्ण कार्यक्रम स्थागित गरेर सोमबार नै प्रभावित क्षेत्रको हवाइनिरिक्षण गरेका छन् । त्यस्तै मंगलबार मात्रै नेपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सो क्षेत्रको अवलोकन तथा पीडितहरुसँग भेट गरेका थिए ।
यसैगरी नेपाली कांग्रेसका सभापति देउवाले पनि स्थलगत निरिक्षण गरी पीडितहरुलाई राहातस्वरुप पच्चीसलाख दिने घोषण गरिसकेका छन् ।
हावाहुरीका कारण हालसम्म हालसम्म २८ जनाको मात्रै मृत्यु भएको र ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयले पुष्टी गरेका छ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा