सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बारा र पर्साका हावाहुरी पीडितलाई आफ्नो दुई दिनको तलब दिने घोषणा गरेको छ ।
कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको हो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफना सांसदहरुको एक दिनको पारिश्रमिक उपलब्ध गराउने घोषणा यसअघि गरीसकेको छ । आजै बारा पुगेका नेकपा सदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब दिने बताइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा