सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लिले शनिवार कोलकाताको विजयी रथलाई रोकेको छ । दिल्किो फिरोजशाह कोटला स्टेडियममा खेलिएको यो प्रतिस्पर्धामा दिल्लिले सुपरओभरमा कोलकातालार्य ३ रनले हराउदै यो सीजनको दोस्रो जित दर्ता गर्यो ।
सुपरओभरमा ब्याटिङ गर्दे दिल्लिले एक विकेटको नोकसानीमा १० रन बनायो । जवाबमा कोलकातको टिम एक विवेट गुमाउदै ७ रन मात्र बनाउन सक्यो र म्याच हार्यो । यो प्रतिस्पर्धामा ९९ रनको शानदार पारीको लागी पृश्वी शाँ लाई म्यान अफ द म्याच चुनियो । यो भन्दा पहिला टस हारेर पहिला ब्याटिङमा उत्रेको कोलकाताले ८ विकेटको नोकसानमा १८५ रन बनायो जवाफमा दिल्लिले पनि निर्धारित ३० ओभरमा ६ विकेट गुमाउदै १८५ रन बनायो ।
कोलकाताको १८५ रनको जवाफमा ब्याटिङको लागी उत्रेको दिल्लिको टिम लाई दोस्रो ओभरको चौथो बलमा शिखर धवनको रुपमा पहिलो झट्का लाग्यो । ८ बलमा १६ रन बनाएर राम्रो लयमा देखिएका धवनलाई पीयुष चावलाले विकेट झारे । यसपछि ब्याटिङ गर्न उत्रेका कप्तान श्रेयस अथ्यरले शाँसँगै मिलेर पारीलाई अगाडि बढाए । यदि ११.६ ओभरमा आन्द्रे रसेलले उनलाई शुभमन गिलको हातबाट क्याच आउट गराउदै पेभेलियन फर्काए । उनले ३२ बलमा ४ चौका र २ छक्काको मद्यतले ४३ रन बनाए । दोस्रो विकेटको लागी उनले शाँसँग मिलेर ८९ रनको साझेदारी गरे ।
यसपछि १७.५ ओभरमा दिल्लिलाई ऋषभ पंत (११) को रुपमा तेस्रो झट्का लाग्यो । चाप्नाम्यान बलर कुलदीप यादवले उनलाई पीयुष चावलाको हात क्याच आउट गराए । तेस्रो विकेटको लागी पंतले शाँ सँग मिलेर ५४ रनको साझेदारी गरे । १८.३ ओभरमा कोलकातालाई पृश्वी शाँको रुपमा ठुलो सफलता मिल्यो । लक्कि फग्र्युसनले शाँ लाई विकेटकपिर दिनेश कार्तिकको हातबाट क्याच आउट गराए । उनी ९९ रन बनाउदै आउट भए । शाँले ३० बलमा आफनो अर्धशतक बनाएका थिए । उनले ५४ बलमा १२ चौका र ३ छक्का को मद्यतले ९९ रनको उत्कृष्ट पारी खेले ।
यो भन्दा पहिला टस हारेर पहिला ब्याटिङ गर्न पुगेको कोलकाताको शुरुवात धेरै खराब रह्यो तर पाँच विकेट झरेपछि आन्द्रे रसेल र दिनेश कार्तिक बिच ५४ बलमा ९५ रनको साझेदारी भयो । दुबै ब्याट्सम्यानले अर्धशतक बनाए । जाहाँबाट निर्धारित २० ओभरमा कोलकाता ८ विकेट गुमाउदै १८५ रनसम्म बनाउन सक्यो ।
कोलकाताको लागी आन्द्र रसेलले सर्वाधिक २८ बलमा ६२ रन बनाए भने दिनेश कार्तिकले ३६ बलमा ५० रन बनाए । दिल्लिको लागी हर्ष पटेलले सर्वाधिक २ विकेट लिए भने नेपाली क्रिकेटर सन्दिप लामिछाने, रबाडा, अमित मिश्रा र मोरिसले १÷१ विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा