• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

      आगलागीबाट ४० लाख बराबरको क्षति

      जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालतको आदेश

      बागलुङ र रुकुमको वर्षौँदेखिको सीमा विवाद सुल्झाइँदै

      प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

    होमपेज /  लेख/साहित्य

    मेरी आमाहरु र म (स्मृति)

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र १७, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १६ मिनेट
    फाईल तस्विर

    – बिक्रम भक्त जोशी

    गाडी गुडाउनै लाग्या थियो, एउटी बूढी आमै हस्याङ्ग फस्याङ्ग गर्दै गाडी उक्लिइन्। कपाल जगल्टा परेका कन्डक्टरले गाडीको माथिल्लो टिनको पातामा ढ्याप ढ्याप हानेपछि गाडी गुड्यो । बूढी आमै मेरै छेउ आएर बसिन् । म महिला सिटमा बस्या रैछु । अप्ठेरो लाग्यो । एकमनसोचेँ, उठम् क्यारे । तर फेरि सोचेँ, ह्याऽऽऽ… होस्, भिड’नि त उति छैन । कोही महिलावृन्द आए छोड्दिम्ला ।

    गाडी बल्खु कटिसकेको थियो । कलङ्की पुग्न लाग्दा ती आमैले मतिर हेरिन् ।

    “कति बज्यो, बाबु ?” म झसङ्ग भएँ । स्वर कता कता सुन्या सुन्या जस्तो लाग्यो ।

    “बाह्र बज्न लाग्यो, आमै !” म दिमाग खियाउँदै थिएँ, कहाँ पो सुनेको स्वर भन्दै ।

    केही अस्पष्ट बोलिन्, मैले बुझिनँ । शायद धन्यवाद भन्या पो हो कि ? आमैलाई हेरेँ, एउटा सानो मुस्कान सहित। फुलेको कपाललाई कालो रङ्गले ढाक्ने कोशिश गरेकी थिईन्, तर छेउछेउमा कपालको ‘ओरिजिनल’ रङ्ग चियाईरहेको थियो । सानो काँठ, मुश्किलले पाउने पाँच फुटहुँदो हो । मरञ्च्यांसे शरीर ।

    “बालाजु कुन बेला पुग्छ, बाबु ?” त्यो स्वरले फेरि एकपल्ट मलाई झक्झकायो । हैन, कहाँ सुन्या हो यो स्वर ?

    बालाजु पुग्ने अन्दाजी समय बताएर म गम्न थालेँ । र, बल्ल मलाई याद आयो ।

    मेरी हजुरआमा र यिनमा हदैसम्म समानता रैछ र पो मलाई ‘डेजाभू’को अनुभूति भा’को रैछ । स्वर पनि कता कता उस्तै । अनि जिउडाल, काँठ, सबै उस्तै उस्तै ।

    मेरी स्वर्गीय हजुरआमा । मेरी आमाकी आमा । आफ्नी छोरी भन्दा बढी बाँच्ने मेरी हजुरआमा । अठ्साठी सालको चैतमै आमा परलोक हुनुभो, उनन्सत्तरी सालको जेठमा हजुरआमा ।आमा रोगले थिलथिलो परेर जानुभो, हजुरआमा रोग अनि खोटो भाग्यले थिलथिलो परेर जानुभो ।

    बालाकालमा सबैका हजुरआमाहरुले परिलोकको आभाष दिलाउँछन् । मेरो मात्र होईन, सबैको त्यस्तै हुँदो हो। बालसुलभ अवस्थामा हजुरआमाले सुनाउने तिलस्मी कथाहरु सुन्दा कता हो कता पुग्या जस्तो हुने । मेरी हजुरआमाले सुनाउने कथाहरु भने दोहोरिरहन्थे । तर जुनै पनि, जतिनै पटक सुनाएपनि चाख मानेर सुन्ने म छंदैथिएँ। ती मध्ये कुन चैं कथामा हो क्यारे, एउटा राजकुमार राक्षसको देशबाट विशाल कागको ढाडमा चढेर भाग्दै हुन्थे। तेल मसला लत्पतेको एक पोको काँचो मासु साथै बोकेको हुन्थ्यो । आगोका लप्काहरु दन्दनी बल्दै गरेको नदी तरेर भाग्दै गर्दा शर्त मुताविक त्यो कागलाई छिन छिनमा पोकोबाट झिक्दै एक एक टुक्रा मासु ख्वाउँदै ख्वाउँदै जानुपर्ने, नत्र त्यही नदीमा झ्वाम्म पारेर खसालिदिने । आङ्ग सिरिङ्ग हुन्थ्यो उति बेला, यो सम्झेर कि त्यो आगोको लप्का भित्र खसे के हाल हुँदो हो राजकुमारको ।

    यस्ता अनेक कथाहरु सुन्थें हजुरआमा बस्ने अंधेरो न अंधेरो डेराको कोठामा । मैले होश सम्भाले देखि नैं हजुरआमा डेरामा बस्नुहुन्थ्यो । घर भक्तपुरको बोडे ।  हजुरआमाले बोडेको घर छोड्नुभाको आमाहरु सानो छँदा नैं हो । हजुरआमाकी दुई छोरी, आमा अनि आमाकी सानी बहिनी – मेरी सानीआमा । सानीआमा त भर्खर चार वर्ष अरे ऊ बेला । आमा भन्दा आठ वर्षले कान्छी हो क्यारे । दुई सानासाना छोरीहरु बोकेर रातारात निस्किनु भाको रे घरबाट । अब के किन भन्ने बारे छुट्टै कथा नैं छ ।

    हजुरबुवा गाउँको धनीमानी व्यक्तित्व हुनुहुन्थ्यो । तर जेठी श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आउनुभएका आफ्ना बुवालाई उनका छोराले सम्झाई बुझाई अर्को बिहे गर्न लगाएछ । किन हो कुन्नि? न आफ्ना बाउको बुढेसकालको लहडबाजीमा छोरोले घुँडो टेक्या पो हो कि? या अरु कुनै कुरो हो । तर कलिलो उमेरमा नै बिहे भो हजुरआमाको, आफू भन्दा जेठो ‘रेडिमेड’ छोरो भएको घरमा । हजुरआमाका तर्फबाट दुई छोरी भएपछि हजुरबुवा बित्नुभो । अनि शुरु भो हजुरआमाका दशाका दिनहरु । दिनरातको खप्की अनि सम्पत्तिका लागि रडाको । सम्पत्तिको खेलामा कौरव पाण्डव बीच महाभारत मच्चियो भने यहाँ पनि यस्तो नहुने कुरै भएन ।

    सम्पत्ति लगायतका कुरोमा मामा अनि यावतका किचलोबाट आजित भएर धेरथोर भएका पोकापुन्तुरु र एक मुठ्ठी मोहर पोको पारेर रातको समय सुटुक्क निस्किनुभएछ अज्ञात गन्तव्यतिर हजुरआमा – पिठ्यूँमा सानी छोरी अनि एक हातले जेठी छोरी डोर्रयाउंदै ।

    जान त माईत नै पनि जान सक्नुहुन्थ्यो। तर, हुन सक्छ माईतमा ‘बोझ’ बन्न स्वीकार्य रहेन उहाँलाई। ‘मुग्लान’ भासिनुभो, अर्थात् ‘शहर’ पस्नुभो । त्यो बेला काठमाण्डौलाई ‘शहर’ भनिन्थ्यो।

    जगल्टे कन्डक्टर भाडा माग्दै आएपछि झसङ्ग भएँ । कल्पनाको संसारबाट विपनामा झरेर हेर्दा आडमा बसेकी बूढीआमै अघि नैं झरिसकिछन् । लौ, बालाजु कटेको यादै भएन । मेरो गन्तव्य अझै बाँकी नै भएकोले भाडाको पैसो बुझाईवरि फेरि म टोलाउन थालेँ ।

    सबै भन्दा पहिले त जैसिदेवलमा डेरा गरी बस्नुभाको हो क्यारे हजुरआमा । बहत्तर सालको भैंचालोले जैसिदेवलको देवल नैं सखाप पारिगो ।  त्यही भग्नावशेष देवलको आडबाट सडकै सडक पूर्व तर्फ सात घर जति कटेर जाने हो भने दाहिने पट्टिको गल्लीभित्र कतै थियो क्यारे – त्योपहिलो डेरा । दुःखजेलो साह्रै गर्नुभएछ, आफ्ना दुई नानीहरुको पालनपोषणमा । एकल महिलाका रुपमा हजुरआमाका अगाडि धेरै चुनौतीहरु थिए । आफ्ना बुवाले गर्ने कामलाई नैं निरन्तरता दिनु भो हजुरआमाले । कपडा सिलाउने काम गर्न थाल्नुभो । मलाई याद छ, हजुरआमाको डेरा, जुन मेरो लागि मामाघर थियो, त्यहाँ जाँदा हजुरआमा थानका थान रङ्गीचङ्गी कपडा ल्याउनुहुन्थ्यो । अर्डर अनुसार तिनका तन्ना, पेटीकोट, पर्दा सिलाउनुहन्थ्यो र सकाएपछि चाङ्ग चाङ्ग मिलाएर पुर्रयाउन जानुहुन्थ्यो । एक पिस सिलाएको एक सुको, अर्थात् पच्चीस पैसा । उति बेलाको ज्याला रेट। खुट्टाको पेडलले घट्र्याक्क घट्र्याक्क गर्दै चलाउनु पर्ने सिलाई गर्ने कलको घर्रर्रर्र आवाज अहिले पनि कहीँ कतै सुन्दा त्यो बेलाको सम्झना ताजा हुन्छ ।

    न्यूरोड गेटबाट देब्रेतर्फ लाग्दा, ऊ बेलाको आर.एन.ए.सी.को जग्गाको छेउछाउ तिर हुनुपर्छ, त्यहाँ झिलिमिली पर्ने गरी ‘सस्तो बजार’ लाग्ने गर्थ्यो । ऊ बेलाको शहरिया हाट बजार भनुं न । दशैंको बेला हुनुपर्छ । हजुरआमाले त्यो बजारमा किन्दिनुभएको हाँस-बुट्टे पहेंलो आधा बाहुला भएको कमिज कैयौं वर्षसम्म मेरो अत्यन्त प्रिय वस्त्र बनिरह्यो । धेरै पछि मक्किएर झुरझुरे भएपछि आमाले त्यो कमिज फ्याल्न लाग्दा मन कुँदिएको अझै याद छ ।

    मेरो बुवा पढेलेखेको हुनुहुन्थ्यो । आमासंग साईनो गांसेपछि बुझक्कद ज्वाईंको उपस्थितिले बल्ल हजुरआमाले केही आडभरोसा पाउनुभएको थियो । कान्छो ज्वाईं पनि थपिएपछि सारा व्यवहार सकेको हो कि भन्ने आभाष भएको हुँदो हो, उहाँलाई ।

    तर… विधिको विडम्वना नै भनौं । सुखका दिन शुरु हुने लक्षण देखाउँदै मात्र थियो कि हजुरआमालाई अल्जाईमर रोगले छोयो । यो त्यस्तो रोग, जुन रोग लागेपछि सम्झनाशक्तिले नेटो काट्न थाल्छ । शुरु शुरुमा सामान राखेको ठाउँ बिर्सिने, कहाँ जाँदैछु भन्ने हेक्का नरहने । रोगले च्याप्दै गएपछि वर्तमान बिर्सिने । तर भूतकालका पलहरु चाहिं तरोताजा रहने । त्यही भएर कुरो गर्यो गर्यो, पुराना पुराना । वर्तमानसंग कुनै तारतम्य नमिल्ने । जुन कुरो सुन्दा हामी अलमलमा पर्थ्यौं ।

    यता आमालाई सुगर रोगले छोएर उग्र रुप लिंदैथ्यो । उता हजुरआमा भने घर बाहिर गएपछि फर्किन नसक्ने, आफ्नो वासस्थान कुन हो, कता हो, अत्तोपत्तो नहुने अवस्थामा पुगिसक्नु भएको थियो । सानीआमाको हेरचाह बीच पनि दुई तीन पटक घरबाट निस्केर लापता हुनुभो । हामी भुईंपाताल गरेर खोज्थ्यौं । कहिले ट्राफिक पोष्टतिर टुचुक्क बस्दै गरेको भेट्टिन्थ्यो त कहिले सत्तल तिर । हामीलाई देख्दा चिनेको हल्का भावसम्म देखाउनुहुन्थ्यो, नभए पूरै ब्ल्याङ्क एक्स्प्रेशन ।

    आमा र हजुरआमा दुईको दोहोरो बिमारीका बीच रनभुल्लमा दिन बित्दै थियो । हजुरआमा रोगको तेश्रो स्टेजमा पुग्नुभो । यो त झनै हृदय विदारक हुन्छ । हामीलाई चिन्नै छोड्नुभो । घरमा हरदम चुक्कुल लाएर राख्नुपर्ने । शौचको ठेगान रहेन । एउटा ‘जोम्बी’ सरह । ज्यूँदो छ तर जीवन छैन । जिन्दगी भर दुःखै दुःखमा बिताउनुभो, अनि जब सुख भोग्ने समय आयो, हजुरआमा जिउँदो लाश बनिसक्नुभएको थियो । भाग्यले ठगिएकी । यसै बिच आमालाई पनि रोगले गाँजिसकेको थियो । दुईटै मिर्गौला फेल । डायलिसिस हफ्ताको दुई तीन फेर । किष्ट हस्पिटलको सेरोफेरोमै दिनचर्या बित्न थालेको थियो । अस्पताल भनेपछि कहाली लाग्न थालिसकेको थियो । अनेक कोशिशका बावजुद आमा बित्नुभो । त्यसको तीन महिनामछि हजुरआमा ।

    अहिले पनि पशुपति आर्यघाटतिर जाँदा आमा र हजुरआमालाई बिदाई गरेको घाट हेर्छु । लाग्छ हिजै जस्तो । धुँवा सँगै जानुभो, दुवै, छोटो अन्तराल बीच । छोरी अघि, आमा पछि । चक्रको अमिल्दो घुमाई ।

    पत्नी वियोगमा रहनु भएका मेरा बुवालाई सम्झाउँथें । यो जिन्दगी फगत एक स्वप्न हो । जब मृत्यु हुन्छ, तब हामी बिउँझिन्छौं । जसरी हामी मस्त निद्रामा हुन्छौं, स्वप्न लोकमा हुन्छौं, हामीलाई लाग्छ त्यही वास्तविकता हो । हामी स्वप्नमै रमाउँछौं, स्वप्नमै हाँस्छौं, त्यसैलाई यथार्थ सम्झेर । र, जब निद्रा खुल्छ, केही समय हामी अलमलमा पर्छौं  । स्वप्नका घटनालाई वास्तविक थानिबस्छौं । तर केही समय पछि जब पूर्ण रुपमा होश खुल्छ, तब बल्ल चेत हुन्छ कि यो पो हो त असली जिन्दगी । ती सब सपना त मिथ्या थिए । हो, यसरी नैं हामी जब मृत्युको काखमा पुग्छौं, केही समय हामी भर्खरै छाडिआएको सांसारिक जीवनलाई वास्तविक सम्झी विषाद् गर्छौं । आफूले छोडिआएका आफन्त, मित्रजन सब सम्झी सम्झी भक्कानिन्छौं । तर जब विस्तारै ज्ञात हुन थाल्छ कि छोडेको त्यो जीवन त केवल एउटा भ्रम थियो, एउटा दीर्घ स्वप्न थियो, अनि फेरि यात्राको अर्को पाटोतर्फ अग्रसर हुन तयार हुन्छौं । यसरी नैं जीवनचक्र चलिरहन्छ । यो चक्रमा हामी घुमिरहन्छौं, घुम्नै पर्छ, मुक्ति उन्मुख नभएसम्म… निरन्तर  ।

    बुवा यी सब सुनेर चित्त बुझाउनुहुन्थ्यो कि हुन्नथ्यो, म जान्दिनं । तर मलाई लाग्थ्यो कि पक्कै यी कुरा मेरी आमाहरुले सुन्दा हुन् अनि भन्दा हुन्, “हामी त चिर निद्राबाट बिउँझियौं, बाबु ।आफ्नो भागको स्वप्न देख्नु तिमी पनि, अनि कुनै दिन तिमी पनि बिउँझिनेछौ ।”

    बिउँझिएँ, म उतिनै खेर । जब बिउंझिएँ, गाडी कोटेश्वर पुग्नै लागिसकेको थियो । मेरो गन्तव्य ।

    *समाप्त*

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शुक्रबार राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता हुँदै

    ‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

    नयाँ प्रकारको कोरोना भाईरस(Variant Virus) : बैज्ञानिक शाही

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    मङ्सिर २९ गते राष्ट्रिय कविता महोत्सव

    कस्तो कांग्रेस, कसको नेतृत्व : युवा नेता राम बहादुर बस्नेत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

    साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑