सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्स र क्रोएशियाको विच आइतबार मस्कोको लुजिन्हकी स्टेडियममा फिफा विश्वकप २०१८ को हाईभोल्टेज फाइनल म्याच खेलीदै छ । फिफा विश्वकप २०१८ को महा–प्रतिस्पर्धामा न केबल फ्रान्स–क्रोएशिया पुरै विश्वको ध्यान आकर्षण गरेको छ । यद्यपी यो प्रतिस्पर्धा क्रोएशियाली जनताको लागी सबैभन्दा बिशेष हुदैछ ।
विश्वकपको फाइनलमा प्रवेश गरेदेखी नै यो सानो देशले कैयौ ऐतिहासिक रेकर्ड आफनो नाउँमा गरेको छ । यदि यो विश्वकप क्रोएशियाले जितेमा उ विश्वकप जीत्ने सबैभन्दा सानो देश बन्नेछ । यो भन्दा पहिला यो किर्तिमान उरुग्वेको नाममा थियो ।
उरुग्वेले १९५० मा अन्तिम पटक यो रेकर्ड राखेको थियो । यद्यपी, उरुग्वेले १९३० मा भएको पहिलो विश्वकपमा टाइटल पनि जितेको थियो । अब क्रोएशियासँग ६८ बर्ष पछि इतिहास रच्ने सुनौलो मौका छ । लगभग ४२ लाखको जनसंख्या भएको देश क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा उत्रनेछ जहाँ उसलाई यो खेल इतिहास रच्नको लागी भएपनि जित्नै पर्ने बाध्यता छ ।
१९९८ मा फिफा विश्वकपमा डेब्यु गरेको क्रोएशियाले आफनो डेब्यु बर्षमै तेस्रो स्थान कब्जा गरेर विश्वलाई नै चकित पारेको थियो । यसपछि २००२, २००६ र २०१४ मा यो देश ग्रुप स्टेजबाट नै बाहिरिएको थियो । २०१० मा क्रोएशिया ,फिफा विश्वकपको लागी क्वालीफाइ पनि हुन सकेको थिएन ।
रोचक कुरा के छ भने फ्रान्सले पनि यो विश्वकपमा अहिलेसम्म कुनै पनि म्याच हारेको छैन । ग्रुप म्याचमा नाइजेरियालाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । त्यसपछि नकआउट चरण अन्तर्गत अन्तिम १६ मा डेनमार्कलाई १–१ को बराबरी पछि पेनाल्टि शुटआउटमा हराएको थियो । फेरी आयोजक रुसलाई क्वार्टरफाइनलमा २–२ पछि पेनाल्टि शुट आउटमा हराएको थियो भने बेल्जियमलाई १–० ले पराजित गर्दे फाइनलको यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा क्रोएशियाले इङ्गल्याण्ड लाई २–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा