सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप को तेस्रो क्वार्टरफाइनल खेल इङ्गल्याण्ड र स्विडेन विच आज हुदैछ । जब यि दुई टिम एक–आपसमा उत्रेनेछन त यो लडाई फुटबल जगतमा फेरी प्रतिष्ठा हासिल गर्नको लागी हुनेछ । दाउँमा हुनेछ विश्वकपको सेमीफाइनलमा पुग्ने सम्मान जो इङ्गल्याण्डले २८ बर्ष पहिला हासिल गरेको थियो ।
इङ्गल्याण्ड सँग १९६६ र स्विडेनसँग १९५८ को इतिहास दोहाराउने मौका पनि छ । यही बर्षेमा यी दुबै टिम विश्वकपको फाइनलमा पुगेका थिए । थ्री लायंस सँग जहाँ कप्तान र स्ट्राइकरको रुपमा कप्तान ह्यारी केन जस्ता खेलाडी छन् त स्विडेनको ताकत उसको टिम वर्क हो ।
इङ्गल्याण्ड को सबैभन्दा ठुलो चुनौती स्विडेनको झ्याउ गर्ने खाले खेलसँग हुनेछ । स्विडेनको शक्ति उसको मजबुत रक्षण रहेको छ । गोलकिपर रोबिन ओलसनले कोरीया, म्याक्सिको र स्विजरल्याण्ड विरुद्ध क्लीन शीट दिएको छ । यद्यपी, गैरथ साउथगेटसँग ह्यारी केन, लिंगार्ड र टिपिऐरे को रुपमा स्टार फरवार्डहरु छन् ।
स्विडेनको कप्तान ग्रङक्विस्को अहिलेसम्म रक्षकमा शानदार काम गरेका छन् । उनी खम्बा जस्तो बनेर स्विडेनको रक्षण सम्हालेका छन् । इङ्गल्याण्ड को विरुद्ध मैदानमा उत्रता उनी खुशीका साथ उत्रनेछन् किनभने जब उनी म्याचको तयारीमा ब्यस्त थिए त उनकी पत्निले शुक्रबार छोरीलाई जन्म दिएकी थिइन । जुन खुशी बोकेर मैदानमा चमत्कार गर्न पनि उनले सक्छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा