सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपमा सर्वाधिक गोल गर्नेको रेकर्ड अब ब्राजीलको नाममा आएको छ । मेक्सिको विरुद्ध म्याचमा ब्राजीलले दुई गोल गरेर आफनो गोलको कुल संख्या २२८ बनाएको छ । त्यस्तै जर्मनीको नाममा विश्वकपमा २२६ गोल गरेको रेकर्डसँग उ दोस्रो नम्बरमा परेको छ ।
यस्तो छ विश्वकपमा गोलको रेकर्ड
ब्राजील : २२८ गोल
जर्मनी: २६ गोल
अर्जेन्टिना : १३७ गोल
इटली : १२८
फ्रान्स : ११३ गोल
आजको खेलसँगै ब्राजीलको तर्फबाट नेयमारले अहिलेसम्म ८९ म्याचमा ५७ गोल गरेका छन् भने विश्वकपमा नेयमारको गोलको संख्या ६ गोल पुगेको छ ।
नेयमारले विश्वकपमा सबैभन्दा कम ३८ शट हान्दै ६ गोल हानेका छन भने लियोनल मेसीले समान गोलको लागी ६७ शट हाने जबकी क्रिस्टियानो रोनाल्डोले ७४ शटमा ६ गोल हान्न सफल भएका छन ।
ब्राजील लगातार सातौ पटक र कुल १६ पटक क्वाटर फाइनलमा प्रवेश गरेको छ, जबकी मेक्सिको लगातार सातौ पटक अन्तिम १६ बाट अगाडि बढ्नबाट विफल रह्यो ।
नेयमारको यो छैटौ गोल थियो अब उनले राबर्टो रिवलिनो र बबेटो सँग बराबरी गरेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा