सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्जेन्टिना यदि यस विश्वकपमा अगाडि बढ्नु छ भने उसको स्टार खेलाडी लियोनल मेसीले आफनो लयलाई बलियो रुपमा प्रस्तुत गनु पर्ने हुन्छ । अर्जेन्टिनाको पहिलो नकआउट खेल शनिवार फ्रान्ससँग खेल्दैछ । दुबै टिमले अहिलेसम्म आफनो आफनो चरणबद्ध रुपमा प्रस्तुत मुताविक प्रदर्शन राम्रो गर्न सकेको छैनन । अहिलेसम्म टिम सन्तुलनको खोजीमा रहेको छ अर्जेन्टिना ग्रुप चरणमा क्रोएशियाद्धारा पराजित हुनु परेको थियो ।
पुर्व कप्तान डिएगो म्याराडोनाको हौसलाको विच मेसी अतंत ग्रुप दौडको तेस्रो म्याचमा नाइजेरिया विरुद्ध आफनो खाता खोल्नमा सफल रहे जबकी मार्कोस रोजोको मद्यतले टिम २–१ ले जित्नमा सफल भयो जसबाट पछिल्लो पटकको फाइनालिस्ट लाई अन्तिम १६ मा ठाउँ मिल्यो ।
कोच डिडियर डेशचम्पको फ्रान्सेली टिमलाई टुर्नामेन्टमा पहिलादेखी नै दावेदार मानेका थिए । टिम अपराजित हुदै अगिल्लो चरणमा पुगेको छ तर खेलमा धेरै राम्रो प्रदर्शन भने देख्न सकिएन । मुख्य स्ट्राइकर एंटोनी ग्रीजम्यानले अहिलेसम्म राम्रो प्रर्दशन देखाउन सकेका छैनन् जबकि मिडफिल्डरले पनि कुनै राम्रो प्रदर्शन देखाउन सकेका छैनन् । डेशचेम्पलाई थाहा छ कि नकआउट चरणमा टिम लयमा आउछ ।
मेसीबाट फेरी जादुको आशा
पाँच पटक बेलन डि ओर पुरस्कार विजेता मेसीले नाइजेरिया विरुद्ध आश्चार्यजनक गोल अवश्य गरे तर बार्सिलोनाका राम्रा खेलाडीले आइसल्याण्ड विरुद्ध १–१ मा ड्र भएको खेलमा एउटा पेनाल्टि पनि मिस गरेका थिए । यसपछि क्रोएशिया विरुद्ध कोच सैमपाउलीको टिमका यी स्टार खेलाडीको जादु क्रोएशिया विरुद्धको म्याचमा देख्न सकिएन । नाइजेरियाको विरुद्ध म्याचमा अर्जेन्टिनाको टिम मात्र होइन प्रशंसक र को को तनावमा थिए यसको जानकारी भिआईपी दिर्घमा बसेका १९८६ विश्वकप विजेता टिमका कप्तान स्टार खेलाडी डिएगो म्याराडोनाको प्रतिक्रियाबाट थाहा पाउन सकिन्थ्यो कि जसले गोल हुदा आकाशतिर हेदै लामो सास फेरेका थिए ।
यी बार्सिलानावाला मेसी होइनन्
फ्रान्सका पुर्व कप्तान मार्सेल डेसिलीले ब्रिटेनको अखबार गार्जियनसँग भने “हामीहरुलाई थाहा छ कि मेसी महान छन् तर हामी उनलाई लिएर द्धिविधामा छौ । उनी विशुद्ध रुपमा बार्सिलोनाका हुन्, अर्जेन्टिनाको लागी उनको योगदान धेरै छैन । साथै उनले भने फ्रान्सले पनि अहिलेसम्म त्यती राम्रो प्रदर्शन गर्न सकेको छैन जति हामीले आशा गरेका थियौ । एउटा यस्तो टिम जसमा ग्रिजम्यान, काइलिन म्बापे र ओलिवर गिरोर्ड जस्ता खेलाडी छन र तीनीहरुले तिन म्याचमा तिन गोलमात्र गर्न सकेका छन् । दुई बर्ष पहिला ग्रिजम्यान ले छ गोल गर्दे फ्रान्सलाई युरो २०१६ को फाइनलमा पुर्याएका थिए, जसमा टिम पोर्चुगलसँग हारेको थियो” ।
“अब एउटा नयाँ टुर्नामेन्ट शुरु भईरहेको छ जसबाट हार्दा विश्वकपबाट बाहिरिनु पर्ने हुन्छ । अहिलेसम्म हामीहरुले ग्रुप चरणमा सोचेको जस्तो नतिजा पाएका छौ र अगाडी हाम्रो आखाँ अगिल्लो चरणको लागी हुनेछ” – डिडियर डेशचेम्प, फ्रान्स कोच
– ४ चौथाई विश्वकप खेलीरहेका छन अर्जेन्टिनाका लियोनल मेसी
– २ दोस्रो विश्वकपमा भाग लिइरहेका छन फ्रान्सका एंटोनी ग्रीजम्यान
– १९९८ मा जीतेको थियो फ्रान्सले विश्वकपको शिर्षक उपाधि
– ३२ बर्ष भईसकेको छ अर्जेन्टिनाले विश्वकप जितेको
– फ्रान्सको टिम पछिल्लो पटक क्वार्टर फाइनलमा जर्मनीसँग हार्दे बाहिरिएको थियो भने अर्जेन्टिना पछिल्लो विश्वकपको फाइनलमा जर्मनीसँगै हारेको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा