सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को ४८ औ प्रतिस्पर्धामा बेल्जियमले शुक्रबार इङ्गल्याण्ड लाई १–० ले पराजित गरेको छ । अब उसको प्रतिस्पर्धा अगिल्लो जुलाई २ मा जापानसँग हुनेछ । ग्रुप जी अन्तर्गत खेलिएको यो प्रतिस्पर्धामा तिनै खेल जितेको बेल्जियम आफनो ग्रुपमा ९ अंक सँगै शिर्ष स्थान कब्जा गर्यो, जबकी इङ्गल्याण्ड ६ अंकसँगै दोस्रो स्थानमा छ । ३ अंक सँगै ट्युनीशिया तेस्रो स्थानमा छ भने पनामा सबैभन्दा पुछारमा छ ।
यो प्रतिस्पर्धामा बेल्जियमको लागी पहिलो गोल जानुजाएले गरे जुन गोल उनको पहिलो अन्तराष्ट्रिय गोल पनि हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको खेलमा बेल्जियमले टार्गेटमा २ सट हाने तर गोलमा बदल्न भने सकेनन् । पहिलो हाफ सम्ममा इङ्गल्याण्ड ले ५ र बेल्जियमले ६ फाउल खेले भने इङ्गल्याण्ड लाई ४ र बेल्जियमलाई २ कर्नर किक मिल्यो । पहिलो हाफमा बेल्जियमको दुई खेलाडीलाई एल्लो कार्ड देखाइयो भने इङ्गल्याण्ड को खेलाडीले एल्लो कार्ड पाएनन् ।
दोस्रो हाफको शुरुवातमा नै बेल्जियमले आक्रमक खेल खेले भने दोस्रो हाफ शुरु भएको केही मिनेटमै बेल्जियमको लागी जानुनाएले शानदार गोल गर्दे आफनो टिमलाई १–० ले जिताए ।
दुबै टिमको लागी यो खेल केबल शिर्ष स्थानको लागी मात्र थियो दुबै टिम यसअघिको खेलबाटै राउण्ड १६ मा पुगीसकेका थिए ।
युरोपका यि दुबै टिम अहिलेसम्मको विश्वकपको यात्रा निकै शानदार रहयो । यो भन्दा पहिला इङ्गल्याण्ड ले ट्युनीशियालाई २–१ ले हराएपछि पनामालाई ६–१ को विशाल अन्तरले पराजित गरेको थियो जबकी बेल्जियमले पनामालाई ३–० ले हराएपछि ट्युनिशियालाई ५–२ ले पराजित गरेर अगिल्लो चरणमा स्थान पक्का गरेका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा