सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिनाल मंगलबार फिफा विश्वकप २०१८ को ३९ औ प्रतिस्पर्धामा नाइजेरियालाई २–१ ले पराजित गर्दे अन्तिम १६ मा आफनो स्थान पक्का गरेको छ । अर्जेन्टिनको तर्फबाट पहिलो गोल लियोनल मेसी ले खेल शुरु भएको १४ औ मिनेटमा गरेका थिए भने दोस्रो गोल मार्कोस रोजोल् ८७ औ मिनेटमा गरेका थिए । भने, नाइजेरियाको तर्फबात पहिलो गोल विक्टर मोसेजले ५१ औ मिनेटमा गरेका थिए । यो प्रतिस्पर्धामा अर्जेन्टिनाको विश्वकपको यात्रा निकै कठिन भइरहेको थियो, तर मेसीको शुरुवाती गोलले लिएको अग्रताले टिमलाई उत्साहलाई अझ बडायो ।
यो प्रतिस्पर्धामा पुरै विश्वको आँखा मेसीमाथि थियो । यो म्याचमा मेसीले आफनो फ्यानलाई निराश गरेनन र शुरुवाती गोल गर्दे टिमलाई १–० ले अगाडि बढाए ।
पहिलो हाफमा मिलेको १–० को अग्रतापछि अर्जेन्टिना दोस्रो गोल गर्नको लागी धेरै प्रयास गर्यो तर पहिलो हाफ १–० मा नै सकियो । दोस्रो हाफमा मस्चरानोले विक्टर मोसेस लाई फाउल गर्ने कोशिश गरे जसको कारण उसले पेनाल्टि मागे जेवियर मस्चरानो एक फाउलमा नाइजेरियाले पेनाल्टि पायो जसको भरपुर फाइदा उठाउदै उनले ५१ औ मिनेटमा गोल गर्दे टिमलाई १–१ को बराबरीमा पुर्याए । र दुबै टिम यो प्रतिस्पर्धामा गोलको लागी प्रयास गरे तर ८७ औ मिनेटमा मार्कोस रोजो ले शानदार गोल गर्दे अर्जेन्टिनालाई २–१ ले विजयी गराए । र जितसँगै अर्जेन्टिना अन्तिम १६ मा आफनो स्थान पक्का गर्यो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा