सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइसल्याण्डसँग ड्र तथा केएशियासँग लज्जास्पद हार पछि यदि अब अर्जेन्टिना र उसको स्टार खेलाडी लियोनल मेसीले आफनो साख लाई यथावत राख्ने हो भने उसले आजको खेलमा नाइजेरीलाई जसरी भएपनि जित्नु पर्ने दबाब हुनेछ ।
अर्जेन्टिना र मेसीले विश्वभर फैलिएर रहेको आफनो करौडौ दर्शकलाई अहिलेसम्म निराश पारेका छन र यो उनको प्रतिष्ठा जोगाउने अन्तिम खेल पनि हुनेछ ।
यो मात्र होइन उसलाई गु्रप डि को अन्य म्याचमा आइसल्याण्ड लाई क्रोएशियाको हातबाट हराउनु पर्ने बाध्यता छ यदि आइसल्याण्डले जितेमा पनि अर्जेन्टिना गोल अन्तरले अगाडि बड्न सक्छ र यसको लागी उसलाई ठुलो अन्तरले जित दर्ता गराउनु पर्ने हुन्छ ।
कोच जार्ज साम्पाओलीको निर्णयले उसको रक्षा पक्तिले लाचार प्रदर्शन गर्यो भने मध्यपक्तिले पनि निराश बनायो ।
यहाँसम्म कि मेसीले पनि निराश गर्न कुनै पनि कसर वाँकी राखेनन् । उनी पहिलो आइसल्याण्ड विरुद्धको खेलमा पेनाल्टिमा चुकेका थिए जसको दुखाई अहिलेसम्म अर्जेन्टिनाको मनमा काडा बनेर बसेका छ । अर्जेन्टिनाको खातामा अहिलेसम्म दुई म्याचबाट १ अंक छ ड्र वा हारबाट उ २००२ पछि पहिलोपटक शुरुवातबाट नै वाहिर हुनेछ ।
अहिले अर्जेन्टिनाको आशा तथा भरोसा मेसी माथि टिकेको छ जसको ह्याट्रिकको बलमा उ विश्वकपको लागी क्वालीफाई भएको थियो । मेसी कुनै धमाल गरुन यसको लागी टिम एकजुट भएर खेल्नको लागी जरुरी छ किनभने खेलाडि र कोच विचको मतभेदको चर्चा सर्वत्र चलिरहेको छ ।
आइतबार आफनो ३१ औ जन्मदिन मनाएका मेसीसँग अर्जेन्टिनाको तर्फबाट ठुलो शिर्षक जित्ने यो ठुलो मौका हो । उनले अहिलेसम्म रुस विश्वकपमा एक गोल पनि गर्न सकेका छैनन् । मेसी टिमको लागी कति महत्वपुर्ण छन यसको अन्दाज हामी सजिलै लगाउन सक्छौ कि इक्वेडर विरुद्ध उनको ह्याट्रिक पछि नाईजेरिया विरुद्ध मैत्री म्याचमा जब उनले खेलेनन् तब सर्गियो एगुएरा, गोंजालो हिगुएन र पाउलो डायबाला जस्ता खेलाडीहरुले केही गर्न सकेनन् र उनको टिम २–४ ले पराजित भएको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा