सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकपको ग्रुप एच मा आफनो पहिलो प्रतिस्पर्धामा पराजीत दुई देश पोल्याण्ड र कोलंबियाको लागी आजको टुर्नामेन्ट निर्णायक मोडमा पुगेको छ । आइतबार दुबै टिम कजान स्टेडियममा एक–आपसमा भिड्दैछन् । यो प्रतिस्पर्धामा हार्ने टिमको लागी यो विश्वकप २०१८ को यात्रा यही समाप्त हुनेछ ।
पोल्याण्डले आफनो पहिलो म्याचमा सेनेगलसँग १–२ ले र जापानसँग कोलंयिबा २–१ ले पराजित भईसकेको छ । पोल्याण्ड र कोलंबियाले अहिलेसम्म अंकको खाता खोलेका छैनन् भने दुबै टिम एक–अर्कालाई पराजित गर्दे खाता खोल्न चाहन्छन् ।
पोल्याण्डले सेनेगल विरुद्धको खेलमा आत्मघाती गोल खाएको थियो जसका कारण उसलाई यो खेलको दबाब बढेको छ । यदि उक्त आत्मघाति गोल नभएको भए म्याच ड्र मा समाप्त हुनेथियो र उसले १ अंक प्राप्त गर्थो ।
दुबै टिम जसरी भएपनि आजको खेल जित्ने प्रयास गर्नेछन् । पोल्याण्डको फरवार्ड डेविड कोवनिकलाई यो पटक अन्तिम ११ मा मौका मिल्न सक्नेछ जो पछिल्लो पटक दोस्रो हाफमा सब्सिट्युटमा देखिएका थिए । सेंटर बैकको रुपमा खेल्ने कामील ग्लिक काधमा लागेको चोटबाट पर्ण रुपमा निको भएका छन भने यसका बावजुद पनि उनी आउदो खेलमा खेल्ने निश्चित भने भएको छैन ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा