सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’
त्यस्तै, उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए ।
उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन् । सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ । किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होईन् । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन् ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा