सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, वैशाख १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा तीव्र वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। उनले चुरोटको प्रतिखिल्ली मूल्य १० रुपैयाँबाट ३० रुपैयाँ पुर्याउने र रक्सीको प्रति बोतल मूल्य १,००० रुपैयाँबाट ३,००० रुपैयाँ पुर्याउने सोच व्यक्त गरेका हुन्।
सोमबार भक्तपुरस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमी को १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेका हुन्। उनले जनस्वास्थ्यलाई दृष्टिगत गर्दै यी नशालु पदार्थहरूको उपभोग घटाउन मूल्यवृद्धि आवश्यक रहेको बताएका छन्।
“स्वास्थ्य बिगार्ने बस्तुहरूको उपभोग घटाउनका लागि मूल्य वृद्धि एउटा प्रभावकारी उपाय हो,” मन्त्री पौडेलले भने, “चुरोट ३० रुपैयाँ र रक्सी ३,००० पुर्याउँदा त्यसबाट उठेको राजस्व स्वास्थ्य बीमाजस्ता जनमुखी कार्यक्रमहरूमा खर्च गर्न सकिन्छ।”
मन्त्री पौडेलका अनुसार चुरोट तथा रक्सीबाट संकलित अतिरिक्त राजस्वलाई स्वास्थ्य बीमा, निःशुल्क उपचार सेवा, तथा ग्रामिण स्वास्थ्य पूर्वाधार सुधारमा प्रयोग गरिने छ। उनले नेपालमा गैर-संक्रामक रोगहरूको बढ्दो भारलाई मध्यनजर गर्दै निवारक उपायमा जोड दिनुपर्ने उल्लेख गरे।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा