सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अछामी समुदायको मौलिक परिकारको स्वाद चाखेका छन्। हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत कैलालीमा आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्डसहितको टोलीले अछामी संस्कृतिमा आधारित परम्परागत खाजाका परिकारहरू ग्रहण गरेका हुन्।
अभियान टोलीले अछामी समुदायको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासलाई खाजाको रूपमा स्वाद चाखेको जानकारी आयोजकहरूले दिएका छन्।
भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर तयार पारिने मिठो परिकार हो, जसलाई केराको पातमा बेरेर स्टीम गरिन्छ। यस्तै, डल्ला मासलाई पनि विशेष मसला राखेर केराको पातमा बेरेर स्टीम गरिएको हुन्छ, जसले स्थानीय स्वाद र परम्परालाई जीवन्त बनाउने गरेको छ।
स्थानीय संस्कृतिप्रति सम्मान प्रकट गर्न अभियान टोलीले यी परिकार विशेष ढंगले प्रस्तुत गरिएको केराको पातमा बसेर ग्रहण गरेको थियो। कार्यक्रममा सहभागी नेताहरूले अछामी समुदायको मौलिक खानपान, संस्कृति र पहिचानलाई संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
अभियानकै क्रममा प्रचण्डले सुदूरपश्चिम क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वको चर्चा गर्दै, स्थानीय स्तरको समृद्धि र सामाजिक न्याय स्थापनामा आफू र पार्टी सधैं प्रतिबद्ध रहेको बताएका थिए। उनले विकास निर्माण र अधिकार सुनिश्चितताका लागि तराई-मधेस र सुदूरपश्चिमका जनताको भूमिका अहंम रहेको उल्लेख गरे।
कार्यक्रममा स्थानीय अगुवाहरू, माओवादी केन्द्रका नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै राजनीतिक जागरण अभियानलाई अघि बढाउने अभियान टोलीको उद्देश्य रहेको आयोजकले जनाएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा