सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् । यिनै रुखहरू हुन् — ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
तस्विरहरू : बिजेन अमात्य
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा