सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मिरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।
विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।
उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुतलासमेत जलाएका छन् ।
उनीहरुले हिन्दूहरुलाई एक जुट हुन आग्रह गरेका छन् । कश्मिरमा भएको घटनाले आतंकबादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नु पर्ने माग राखेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा