सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शर्मिला वाइबामाथि वैशाख ३ गते काँडाघारीमा भएको आक्रमण प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–६ बसोबास गर्दै आएकी ३५ वर्षीया शर्मिला श्रेष्ठ (शर्मिला राई) र भक्तपुर चाँगुनारायण नगरपालिका–८ बसोबास गर्ने ४२ वर्षीय कुबेर सिलवाल (बावु) रहेका छन्।
उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक (एसपी) अंगुर जी.सी.ले जानकारी दिए।
वाइबामाथि भएको आक्रमण आर्थिक लेनदेनको विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ।
प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा