सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजाबादी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुर निवासी सविन महर्जनको परिवारलाई जनही १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका छन्।
चैत १५ गतेको प्रदर्शन उग्र बन्दा उत्पन्न भएको हिंसात्मक झडपमा परी दुबैजनाको मृत्यु भएको थियो। प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो।
सरकारले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक कदम चालिने जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा