सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शतकुण्डीय कोटिहोमका निर्देशक शकंर खरालले पोखरामा भईरहेको कोटिहोमले विश्व समुदायमा पर्यटकीय हिसाबले उत्कृष्ट फाइदा पुर्याउने बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अहिले विश्वका करोडौ मानिसहरुले पोखराको गतिविधी नियालिरहेको भन्दै यसबाट पोखराबासिले फाइदा लिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पोखराको विकास गर्ने हो भने पर्यटनको विकास बाहेक अर्को विकल्प छैन । पोखराको आफ्नो उत्पादन छैन यो क्षेत्र पर्यटन हब हो । त्यसकारण यो कोटिहोम पोखराको पर्यटकीय प्रवद्र्धनमा बिजयकृष्ण महाराजको सङकल्प गर्नुका साथै यहाँका बासिल्दाले पनि त्यसको फाइदा लिनुपर्छ । देवी प्रतिभा पोखरामा हुदाँ पोखराको गतिविधि दैनिक ५५ लाख जनाले हेरिरहेका छन् । उहाँको कारण पनि विश्वमा पोखराको विश्वव्यापी प्रचारप्रसार भईरहेको छ । शंकरा आचार्य जी आउदै हुनुहुन्छ उहाँ आउदा करोडौले उहाँको गतिविधि हेर्नेछन् ।’
उनले पछिल्लो समय मोदि मुक्तिनाथ जादा भारतीय पर्यटकको संख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए ।
‘पोखराको पर्यटन प्रवद्र्धनमा यो कोटिहोमले पोखराबासीलाई अरबौको नाफा दिएर जान्छ । यो कालान्तरलाई हुन्छ । पछिल्लो समय मोदि मुक्तिनाथ जादा ३०० गुणा भारतीय पर्यटकको संख्या बढेको थियो । त्यसैगरी भारतबाट वा अन्य क्षेत्रबाट कथा वाचकहरु आउदा राम्रो प्रभाव पार्छ ।’
उनले बैशाख १६ गते ११ हजार कलशसहित ऐतिहासिक विशाल कलश यात्रा गरिने बताए । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने उनले जानकारी दिए ।
उनले १७ गते कोटिहोम कैलाशचन्द्र सरस्वती महाराजले उद्घाटन गर्ने पनि बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा