सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको जम्मु–कश्मीर राज्यको पहलगाम क्षेत्रमा रहेको प्रसिद्ध पर्यटकीय स्थल बैसारनमा मंगलबार साँझ भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको छ भने एक नेपाली महिला सामान्य घाइते भएकी छन्।
मृतकको नाम सुदीप न्यौपाने हो, जसको स्थायी ठेगाना रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका रहेको पुष्टि भएको छ। घाइतेको नाम रेनु (विनु) पाण्डे हो र उनको अवस्था हाल स्थिर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, ५ जना बन्दुकधारीहरू सैनिक पोशाकमा आएका थिए। उनीहरूले बैसारन क्षेत्रमा घुम्न आएका पर्यटकहरूलाई नियन्त्रणमा लिँदै नाम र देश सोध्ने क्रममै हिन्दू नाम भएका पर्यटकहरूलाई विशेष रूपमा निशाना बनाएर गोली प्रहार गरेका थिए।
बैसारन क्षेत्र ‘मिनी स्विट्जरल्यान्ड’का रूपमा परिचित रमणीय स्थल हो, जहाँ भारत र अन्य देशबाट हरेक वर्ष हजारौं पर्यटक भ्रमणमा आउँछन्।
यस आक्रमणमा एक नेपाली, एक संयुक्त अरब इमिरेट्स (UAE) का नागरिक, दुई स्थानीय कश्मीरी बासिन्दा र भारतका विभिन्न राज्यका पर्यटकहरूको गरी २६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
रेनु पाण्डेको नाम भारतीय सञ्चारमाध्यमद्वारा सार्वजनिक गरिएको घाइतेहरूको सूचीको ८ औं नम्बरमा रहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा