सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६८८ दशमलव ३२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ४४ करोड ६० लाखको शेयर किनबेच भयो ।
आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा