सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् ।
एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको सद्भावना दूतको रूपमा नेपाल भ्रमणमा रहेका उनी ठमेल स्थित एलओडी क्लबमा पनि जाने छन् ।
कार्लोस शुक्रबार आउने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएकाले केही ढिला गरी आज नेपाल आएका हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा