सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । खानेपानी मन्त्री प्रदिप यादवको उपस्थितीमा विहान ११ बजे बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारवाही ÷कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट÷कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरवारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा