सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ८ । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा सबै वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गर्दै स्थायित्वतर्फको मार्गमा महत्वपूर्ण फड्को मारेको छ। गत पुस महिनादेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटाको रणनीतिक नेतृत्वले बैंकको समग्र प्रदर्शनमा उल्लेख्य रूपान्तरण ल्याएको देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले रु. ५ करोड ४० लाख घाटा व्यहोरेको थियो भने चालु वर्षको नौ महिनामा आएर रु. ७ करोड ८४ लाख खुद नाफा कमाउन सफल भएको छ। यो नाफा वृद्धिले बैंकको संचालन रणनीति र जोखिम व्यवस्थापनमा सुधार आएको संकेत गर्दछ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशतको सिमा नाघ्दै बैंकले ११.४९ प्रतिशत कायम गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासमा मात्र ८.२२ प्रतिशत थियो। देवकोटाको नेतृत्वमा सञ्चालन गरिएको वित्तीय सुधार योजनाले बैंकलाई राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारवाहीबाट मुक्त गराउने विश्वास बढेको देखिन्छ।
अन्य वित्तीय सूचकहरूमा समेत सुधार
सिन्धु विकास बैंकले न्यूनतम रु. १२० करोड चुक्ता पुँजी पुर्याउने लक्ष्यसहित ११६ प्रतिशत हकप्रद शेयर प्रस्ताव पास गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको छ।
सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन लगायत ५ जिल्लामा कार्यक्षेत्र फैलाएर हाल २६ शाखा कार्यालयहरूमार्फत सेवा दिइरहेको बैंकले सुरेश देवकोटाको नेतृत्वमा प्रशासनिक क्षमता र वित्तीय अनुशासनमा नयाँ स्तरको विश्वसनीयता कायम गर्न थालेको छ।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्टको हैसियतले लामो अनुभव बोकेका सुरेश देवकोटाले बैंकको आन्तरिक प्रणाली सुदृढ गर्दै कार्यकुशलता र पारदर्शितामा विशेष ध्यान दिइरहेका छन्। उनको नेतृत्वले बैंकलाई दिगो विकास र प्रतिस्पर्धी वित्तीय संस्था बनाउने दिशामा अग्रसर गराएको देखिन्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा