सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ८ । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म अत्यन्त सकारात्मक वित्तीय प्रदर्शन गरेको छ। बैंकले जारी गरेको अपरिस्कृत वित्तीय विवरणले बैंकको आम्दानी, नाफा र पूँजी संरचना सुदृढ हुँदै गएको प्रस्ट देखाएको छ।
बैंकले गत वर्षको तुलनामा ७.३२ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ७३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बैंकले निरन्तर रूपमा आफ्नो सञ्चालन दक्षता सुधार गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिने संकेत दिएको छ।
बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा ७.५२ प्रतिशतले वृद्धि भई १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। यी तथ्यहरूले बैंकको संचालन रणनीति सशक्त रहेको पुष्टि गर्छ।
बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जसले वित्तीय बलियोपन प्रकट गर्छ। साथै, जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ, जुन भविष्यमा थप लगानी तथा जोखिम व्यवस्थापनका लागि सुदृढ आधार हो।
गरिमा विकास बैंकले प्रति शेयर आम्दानी (EPS) १७ रुपैयाँ २२ पैसा पुर्याएको छ, जुन गत वर्षको तुलनामा १ रुपैयाँ १८ पैसाले बढी हो। साथै, प्रति शेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा रहेको छ, जसले बैंकको वित्तीय स्वास्थ्य बलियो रहेको संकेत गर्छ।
यद्यपि बैंकको खराब कर्जा केही प्रतिशतले बढेको देखिए पनि कुल वित्तीय प्रगति, नाफाको वृद्धिदर, पूँजीको मजबुती र प्रतिसेयर प्रदर्शनले बैंकले दीर्घकालीन स्थायित्व र लगानीकर्तालाई आकर्षक प्रतिफल दिने क्षमताको पुष्टि गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा