सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छन् ।
उनले वेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् ।
युरोपियन युनियनको निमन्त्रणामा चैत २३ गते बेल्जियम गएकी डंगोलले सहरी विकास योजना, न्यायिक प्रणाली र सांस्कृतिक सम्पदा सम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी छन् ।
यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डंगोलले वेल्जियमस्थित नेपाली दूताबाससँग छलफल समेत गरेकी छन् ।
इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताव्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस÷पर्शुरामको मूर्ति र राष्ट्रिय संग्रहालयबाट हराएको ११ औँ शताव्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।
उनले अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई दूताबाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पु¥याउन समेत आग्रह गरिन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा