सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७०६ दशमलव ०४ विन्दुमा झरेको छ ।
यसदिन ३२८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाखको शेयर किनबेच भयो ।
आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन हिमालयन पार्वर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा