सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुरमा आज र भोलि (शनिबार र आइतबार) भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुइदिने अभियानमा ३३ हजार ३ सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।
जसका लागि जिल्लाभरीमा ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुरको १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाका १४ हजार ५ सय ८७ जना, थाहा नगरपालिकाका २ हजार ६ सय ८३, इन्द्रसरोवरमा ९ सय ४६, कैलाशमा १ हजार ४ सय ९८, राक्सिराङमा १ हजार ८ सय २५, मनहरीमा ३ हजार ५ सय ३९, भीमफेदीमा १ हजार ४ सय ७९, मकवानपुरगढीमा १ हजार ७ सय ६, बकैयामा २ हजार ९ सय ६ र बागमतीमा २ हजार १ सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सुचना अधिकारी घिमिरेले जानकारी दिए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।
कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार ५ सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।
सुचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।
यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा